राष्ट्रिय समाचार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीका महानिरीक्षक नियुक्त गर्नेदेखि मधेश प्रदेशका प्रदेश प्रमुख बर्खास्त गर्नेसम्मका निर्णय गरेको छ। बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बैठकका मुख्य ६ निर्णय सार्वजनिक गरेका छन्। 

१. नेपाल प्रहरीको ३३औँ आइजिपीमा एआइजी दानबहादुर कार्की नियुक्त गर्ने 

बिज्ञापन

२. राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली संशोधन स्वीकृत गर्ने 

३. भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगमा निजामती र प्रहरी गरी १५ जना थप कर्मचारी खटाउने 

४. कात्तिक २६ देखि २८ नयाँदिल्लीमा आयोजना हुने नेपाल–इन्डिया कोअर्डिनेसन मिटिङको नवौँ बैठकमा सहभागी हुने नेपालको तर्फबाट सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल संयोजकत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति प्रदान गर्ने 

५. २०८२ फागुन १ गते ७ गतेसम्म कर्णाली प्रदेशमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न स्वीकृति दिने 

६. मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरी सुरेन्द्रलाल कर्णलाई नियुक्त गर्न सिफारिस गर्ने ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।