राजनीति

कुलमान घिसिङकाे पार्टीको नाम उज्यालो नेेपाल, आजै दर्ता गर्न आयाेग जाने 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

ऊर्जामन्त्री कुलमान घिसिङको पार्टीको नाम उज्यालो नेपाल रहने भएको छ । तत्कालका लागि पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा अरू सबै सदस्य रहने गरी निर्वाचन आयोगमा पार्टी दर्ता हुने भएको हो । चुनाव चिह्न भने बिजुलीको चिम नै रहने भएको छ ।

यसअघि नेपाल जनसेवा पार्टी राख्ने सहमति भइसके पनि आइतबार राति बसेको बैठकले उज्यालो नेपाल नै पार्टीको नाम लिएर आयोग जाने सहमति गरेको हो ।

बिज्ञापन

तत्कालका लागि कोही पदाधिकारी नहुने कुलमान घिसिङनिकट एक नेताले बताए । उनका अनुसार अहिले उपाध्यायको संयोजकत्वमा ५१ जनाको केन्द्रीय कमिटी आउनेछ ।

‘सम्भव भएसम्म आज ४ बजेसम्म टुंग्याएर आजै दर्ताको प्रयास हुन्छ। नभए भोलि,’  पार्टीको संयाेजन गरिरहेका जितबहादुर वाइबाले बताए । ‘सबै प्रक्रिया पूरा भइसकेको छ, केही टेक्निकल कुराहरू मिलाउँदैछौँ, आजै आयाेग जान्छौँ,’ उनले भने । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।