राष्ट्रिय समाचार

प्रदेश प्रमुख र मुख्यमन्त्री निवासमा तोडफोड

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

निवर्तमान मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलका समर्थकहरूले मुख्यमन्त्रीनिवास र प्रदेश प्रमुख कार्यालयमा तोडफोड गरेका छन् । उनीहरूले मुख्यमन्त्री निवासअगाडि रहेका गमला तथा कुर्सीहरूमा तोडफोड गरेका हुन् । उनीहरूले तोडफोड गर्न लागेपछि लोसपाका प्रदेश सांसद उपेन्द्र महतोले यो सम्पत्ति हाम्रै हो भन्दै यसलाई क्षति नपुर्‍याउन आग्रह गरेपछि तोडफोड रोकेको थियो।

यता निवर्तमान मुख्यमन्त्री सोनलका समर्थकहरूले मधेश प्रदेशका सबै मन्त्रालयहरू बन्द गराएका छन्। उनीहरूले आज सरकारी कामकाज गर्न नहुने भन्दै कर्मचारीहरूलाई गेटमा समेत रोकेको थियो। मन्त्रालय पुगिसकेका कर्मचारीहरूलाई समेत मन्त्रालयबाहिर जान आग्रह गर्दै उनीहरूले मन्त्रालयहरूमा तालाबन्दीसमेत गरेका छन्।

बिज्ञापन

नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादव आजै आएर पदभार ग्रहण गर्ने हल्ला फैलिएपछि उनीहरू झन् आक्रोशित भई मन्त्रालयहरूमा तोडफोड गरेका हुन् । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।