सुदूरपश्चिम प्रदेश

गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी ।सुरक्षित गर्भपतन सेवा लिने  महिलामध्ये २० वर्षमुनिका किशोरीको चुनौती कायमै रहेको छ । सुरक्षित गर्भपतन गराउनेमा २० मुनिका किशोरीको सङ्ख्यामा बर्सेनि चुनौती थपिँदै गएको हो ।  

स्वास्थ्य कार्यालय डडेलधुराको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा जम्मा एक हजार १९ महिलाले सुरक्षित गर्भपतन सेवा लिनुभएको थियो । यो सङ्ख्यामध्ये ५६ जना २० वर्षमुनिका किशोरी थिए । उहाँहरूले जिल्लाका सुरक्षित गर्भपतन गरिने विभिन्न स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपत सेवा लिएको स्वास्थ्य कार्यालय प्रमुख केशर साउदले बताउनुभयो । 

बिज्ञापन

उहाँका अनुसार आव २०८१/८२ मा एक हजार ६२ महिलाले सुरक्षित गर्भपतन सेवा लिनुभएको छ । यो सङ्ख्यामध्ये ३२ जना २० वर्षमुनिका किशोरी रहेका छन् । स्वास्थ्य कार्यालय डडेलधुराका आमा सुरक्षा कार्यक्रम प्रमुख आशा थापाले महिलाले २० वर्षमुनि गर्भपतन गराउनु स्वास्थ्यका दृष्टिले जोखिममा रहने बताउनुभयो । २० वर्षमुनि आफ्नै शरीर शारीरिक तथा मानसिक रूपमा परिपक्क नभएको अवस्थामा थुप्रै समस्या आउन सक्ने सम्भावना बढी हुन्छ । यसको रोकथामका लागि थुपै जनचेतनामूलक कार्यक्रम गर्दै आएकोमा रोकथाम तथा नियन्त्रण गर्न चुनौती रहेको उहाँले बताउनुभयो । 

कार्यालय प्रमुख साउदका अनुसार सरकारले व्यवस्थापन गर्न नसक्दा समस्या चुनौतीका रूपमा खडा भएको छ । अस्थायी साधनकोसमेत अभाव हुँदा समस्या भएको उहाँको भनाइ छ । परिवार नियोजनको अस्थायी साधन आइयुसिडी सेवासमेत अहिले दिन सकिने अवस्था नरहेको कार्यालय प्रमुख साउदले बताउनुभयो । यहाँको समुदायमा २० वर्ष नहुँदै विवाह हुने भएका कारण पनि २० वर्षमुनिका किशोरीले गर्भपतन गराउँदा चुनौती थपिएको छ । जिल्लाभर २६ वटा स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा प्रवाह भइरहेका छन् । यसैबाट नै पुष्टि हुन्छ कि गर्भवती गर्भपतनको चुनौती कस्तो छ ।   

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।