राष्ट्रिय समाचार

तीन महिना २१ दिनपछि सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

प्रधानमन्त्री सुशीला कार्कीले अबको तीन महिना २१ दिनमा चुनाव गराएर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने बताएकी छिन् । नागरिक समाजका १७ जना प्रबुद्ध व्यक्तिहरूसँग सोमबार प्रधानमन्त्री कार्यालयमा डेढ घण्टाको छलफलमा उनले प्रहरीको मनोबल उकास्न प्रयत्नरत गरिरहेको पनि बताइन् । उनले चुनाव समयमा सम्पन्न गर्न दलहरूसँग निरन्तर संवादमा रहेको भन्दै खबरदारीका लागि नागरिकहरूलाई आह्वानसमेत गरेकी छिन् । 

‘२१ फागुनको निर्वाचन केवल वर्तमान सरकारको राजनीतिक निर्णय वा इच्छा होइन । यो संवैधानिक रिक्तता टार्नका लागि अपरिहार्य राष्ट्रिय दायित्व हो । केही पक्षले अन्योल सिर्जना गरेका छन्, तर चिर्छौँ । चुनाव हुन्छ । तपाईंहरू खबरदारी गर्नुहोस्,’ प्रधानमन्त्रीको सचिवालयले प्रेषित गरेको नोटमा उल्लेख छ । उनले निर्वाचनको विश्वसनीयताका लागि दलहरूलाई १० मंसिरभित्र निर्वाचन आयोगमा अनिवार्य दर्ता गराउनु सर्त रहेको पनि बताइन् । यो समयसीमा निर्वाचन सुनिश्चितताको प्रमुख सूचक रहेको पनि उनको भनाइ थियो । ‘म दलहरूसँग संवादमा छु । चुनावपछि मलाई एकछिन पनि सरकारमा बस्नु छैन । चुनाव सकिएपछि सरकार हस्तान्तरण गरेर फेरि नागरिक समाजमा फर्किन्छु । सर्वोच्चबाट निस्केपछि जनताको बिचमा थिएँ, जनताको मुद्दा उठाएँ । अब पनि सरकार हस्तान्तरण गरेर तपाईंहरूसँगै फर्किन्छु,’ उनले भनिन् ।

बिज्ञापन

प्रधानमन्त्रीसँग छलफलका लागि नागरिक अगुवा केदारभक्त माथेमा, डा. इन्द्र अधिकारी, गेजा शर्मा वाग्ले, सुबोधराज प्याकुरेल, जेबी विश्वकर्मा, स्टेला तामाङ, विद्याधर मल्लिक, विजयकान्त कर्ण, दोभान राई, नयनतारा गुरुङ, निर्गा नवीन, विजय तिमिल्सिना, खगेन्द्र संग्रौला, तुलानारायण साह, रेवत कार्की, शिशिर उप्रेती, राजुप्रसाद चापागाईं सहभागी थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।