नापी कार्यालयका दुई कर्मचारी एक लाख घुससहित पक्राउ
लोक कल्याणकारी विज्ञापन

नापी कार्यालय वीरगन्ज, पर्सामा कार्यरत सर्वेक्षक रामप्रमोद राउत र नापी टोली आदर्शनगर पानी ट्यांकी वीरगन्जमा कार्यरत कार्यालय सहयोगी अरुणप्रसाद उपाध्याय एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।
छुट जग्गा दर्ता गर्नका लागि सेवाग्राहीसँग विभिन्न बहाना बनाई उनीहरूले घुस लिएका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उनीहरूलाई वीरगन्ज महानगरपालिका वडा नम्बर ३ आदर्शनगर पानी ट्यांकीस्थित नापी कार्यालय पर्सा १,२,३ नम्बर नापी टोलीको कार्यालयबाट घुससहित मंगलबार रंगेहात पक्राउ गरेको हो।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
