घटना

मानसिक अवस्था कमजोर भएकी नाबालिकालाई जबर्जस्ती बलात्कार

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

१२ वर्षीया नाबालिकालाई जंगलमा लगेर  जबर्जस्ती बलात्कार गरेको आरोपममा बारा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका–  १६, टाँगियाबस्ती घर भएका ४० वर्षीय सोमबहादुर भोलन रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

टाँगियाबस्तीका स्थानीयले भोलनले नाबालिकालाई जंगलतर्फ लैजाँदै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। केही समयअघि समेत भोलन र सोही नाबालिका सँगै जंगलबाट आउँदै गरेको देखेका स्थानीयले उनीमाथि निगरानी बढाएका थिए ।  यसपटक उनलाई नाबालिकालाई जबर्जस्ती गर्दागर्दै पक्राउ गरेको स्थानीयले सुनाए।

बिज्ञापन

प्रहरीका अनुसार मंसिर १ गते सोमबार दिउँसो ३ बजे मानसिक अवस्था कमजोर भएकी नाबालिकालाई भोलनले ललाइफकाई जबर्जस्ती बलात्कार गरेका थिए । प्रहरीले पक्राउ गरेलगत्तै भोलनलाई जबर्जस्ती करणी कसुर शीर्षकमा मंगलबार मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट पहिलोपटकलाई सात दिन म्याद थप गरी घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए।
 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।