राष्ट्रिय समाचार

सिमरामा जेन–जीको प्रदर्शन स्थगित, शुक्रबार वार्ता हुने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बाराको सिमरामा जेन–जी युवाले राजमार्ग अवरुद्ध गर्दै आएको प्रदर्शन बिहीबारका लागि स्थगित भएको छ। कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने प्रशासनको आश्वासन तथा वार्तामा बस्ने सहमतिपछि आन्दोलन रोकिएको जेन–जीका सम्राट भनिने साइकुल उपाध्यायले बताए।

उपाध्यायका अनुसार शुक्रबार प्रहरी प्रशासन र जेन–जी प्रतिनिधिबिच औपचारिक वार्ता हुनेछ। आफूमाथि भएको कुटपिटका दोषीलाई कारबाही गर्न माग राख्दै जेन–जीले बिहीबार दोस्रो दिन पनि विरोध प्रदर्शन गरेका थिए। यस क्रममा झडप हुँदा ६ प्रहरी र चार युवा घाइते भएका छन्।

बिज्ञापन

प्रदर्शन स्थगित भएसँगै बिहान ११ बजेदेखि अवरुद्ध सिमरा क्षेत्रमा यातायात पुनः सुचारु भएको छ। यातायात सञ्चालनमा आएपछि अवस्था क्रमशः सामान्य बन्दै गएको प्रहरीले जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।