विराटनगरमा महेश बस्नेत सवार गाडीमा रातो मसी छ्याप्ने दुई युवक पक्राउ

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेत सवार गाडीमा आज विराटनगरमा रातो मसी (अबिर मिसिएको पानी)छ्यापिएको छ। घटनामा संलग्न दुईजना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटना विराटनगर विमानस्थलको एयरपोर्ट लाइन सडकमा भएको हो। इटहरीमा आयोजित युवा संघ नेपालको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन श्री एयरलाइन्सको जहाजबाट १०:५० बजे विराटनगर आएका बस्नेत विमानस्थलबाट बाहिरिने क्रममा प्रहरी भ्यानको स्कर्टिङमा थिए।

प्रहरीले तत्काल गाडी रोकेर दुईजनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा विराटनगर– २ का १९ वर्षीय अरजित कुँवर र विराटनगर– १ का २५ वर्षीय संजोग गौतम रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। उनीहरूलाई अहिले सोही कार्यालयमा राखिएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
