जेन-जी नेतृत्वमा नआए नयाँ पार्टी पनि पुरानाजस्तै हुन्छन् : डा. भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेन-जी नेतृत्वमा नआए नवगठित पार्टीहरू पनि पुरानाकै सोचमा परिणत हुने बताएका छन्।
आइतबार प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता घोषणा सभालाई सम्बोधन गर्दै भट्टराईले नयाँ पुस्ता निर्धक्क भएर नेतृत्वमा आउनुपर्ने प्रस्ट्याए।

प्रगतिशील लोकतान्त्रिक पार्टी जेन-जीको इच्छा, आकांक्षा र सोचसँग जोडिएको जिकिर गर्दै भट्टराईले भने, ‘त्यसैले युवा जेन-जी साथीहरू निर्धक्क भएर आउनुपर्छ। तपाईंहरूले पार्टी हाँक्नुभएन भने पार्टी बन्न गाह्रो छ। यो पनि विस्तारै पुराना पार्टीभित्र परिणत हुने, चुनाव आउँछ अनि त्यति बेला कहाँ कतिवटा सिट पाइन्छ, कसको ढोका चहार्दा टिकट पाउँछु भन्ने प्रवृत्ति हुन्छ।’
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
