सुदूरपश्चिम प्रदेश

प्रदर्शनमा घा*ईते सरिता जोशीको हात भाँचियो,अन्य केहि सामान्य घा*ईते, घटनाको छानविन गर्न माग

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः धनगढीमा एमाले नेता महेश बस्नेत पुग्दा प्रदर्शनमा उत्रिएका जेनजी युवाहरु र एमाले निकट युवा संघका कार्यकर्ताबिच झडप हुँदा धकेलाधकेलमा लडेर घाइते भएकी धनगढी-४ की सरिता जोशीको हात भाँचिएको पुष्टि भएको छ।

जोशीको देब्रे हातको हड्डी भाँचिएको छ। त्यस्तै बविता जोशी र गोपाल बोहरा पनि  घाइते भएका छन्। उनिहरु निसर्ग अस्पतालमा उपचाररत छन्।  

बिज्ञापन

बस्नेतको विरोधमा प्रदर्शन गरिरहेका जेनजी युवामाथि आक्रमण भएपछि तनाव भएको थियो।  आफुहरुले  शान्तिपूर्ण आन्दोलन गर्दा पनि आक्रमण भएको भन्दै घटनाको छनबिन गर्न माग गर्दै युवाहरु उजुरी सहित जिल्ला प्रशासन कार्यालयमा पुगेका छन्। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।