सुदूरपश्चिम प्रदेश

कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृ*त्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । घरमा सुतिरहेको अवस्थामा घरभित्रै पसेर हात्तीले आक्रमण गर्दा भीमदत्त नगरपालिका वडा नम्बर १४ बनकट्टीका ४५ वर्षीया धाना विष्टको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार, मङ्गलबार बिहान ३ बजेको समयमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीको बथानले नन्दलाल विष्टको कच्ची घर भत्काएको थियो । अँध्यारो समयमा घर भित्र पसेको हात्ती देखेर बाहिर निस्कने क्रममा विष्टका श्रीमती धनाको दाहिने खुट्टा, कुम र पिठ्युमा हात्तीले कुल्चिएको थियो ।

बिज्ञापन

हात्तीले कुल्चिदा गम्भीर घाइते हुनुभएका धानालाई प्रहरी चौकी झुलुङ्गेबाट र मझगाउ ब्यारेकबाट  खटिएको नेपाली सेनाको टोलीले उपचारका लागि महाकाली प्रादेशिक अस्पतालमा लगिएको थियो । उहाँको उपचारका क्रममा मङ्गलबार बिहान ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । जङ्गली हात्तीले स्थानीयहरूको ज्यान लिनथालेपछि बनकट्टी स्याउलेका स्थानीयहरू त्रसित बनेका छन् । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।