सुदूरपश्चिम प्रदेश

२२ वर्षको उमेरमै विद्यालयको प्रधानाध्यापक बने बैतडीका भरत भण्डारी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बैतडीः बैतडीको पाटन नगरपालिका–८ स्थित जनप्रिय आधारभूत विद्यालयको प्रधानाध्यापकमा २२ बर्षीय भरत भण्डारी नियुक्त भएका छन् । 

पाटन नगरपालिका –९ घर भएका भण्डारीले शिक्षण पेशामा आवद्ध भएको ६ महिनामै उनले प्रधानाध्यापकको जिम्मेवारी पाएका हुन्। करार राहत कोटामा कार्यरत भण्डारीलाई विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापकको जिम्मेवारी दिने निर्णय गरेको छ । 

बिज्ञापन

गएको वैशाखमात्रै शिक्षण पेशामा आवद्ध भएका भण्डारीले विद्यालयले सुम्पेको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने बताएका छन् । आफूले विद्यालयमा परिवर्तन ल्याउने चाहना राखेको र यसमा सबैको सहयोग आवश्यक रहेको उनले बताए । 

प्रधानाध्यापकको जिम्मेवारी पाएका भण्डारीले विद्यालय परिवार, पदाधिकारी र अभिभावकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा साथ, सहयोग र हौसलाको अपेक्षा गरेका छन् । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।