सुदूरपश्चिम प्रदेश

धनगढी घटनामा माफी माग्दै जेनजीलाई युवा सङ्घ उपाध्यक्षको प्रस्ताव- आउनुहोस् राजनीतिमा हामी साथ दिन्छौँ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली । राष्ट्रिय युवा सङ्घका उपाध्यक्ष विनय शाहले बुधवार धनगढीमा भएको घटनाप्रति आत्मालोचना गरेका छन्। आज धनगढीमा पत्रकार भेटघाट कार्यक्रममार्फत उनले युवा जागरण अभियानका क्रममा  महेश बस्नेत लगायतका नेताहरूलाई केन्द्रित गरेर प्रदेश गरिरहेका युवा र राष्ट्रिय युवा सङ्घका कार्यकर्ताबिचको विवाद र हात हालाहालको घटनाबारे क्षमा मागेको हुन् ।

उनले  युवा पुस्तालाई राजनीतिमा आउन र राजनीतिबाटै भ्रष्टाचार लगायतका समस्या हल गर्न सुझाव दिएका थिए   । दल बलियो भए मात्रै लोकतन्त्र बलियो बन्ने उनको तर्क थियो ।

बिज्ञापन

‘हिजो घटनामा नयाँ युवाहरूको क्षति प्रति माफी माग्न चाहन्छु । तपाईँहरू मेरो भाइ भाइ बहिनी हो आउनुहोस् राजनीतिमा हामी साथ दिन्छौँ । आउनुहोस् भ्रष्ट्राचार ढालौँ । दल सुदृढ नभए लोकतन्त्र बलियो हुन्छ ’उनले भनेका थिए।

राष्ट्रिय युवा सङ्घका नेताहरू विमानस्थलबाट कार्यक्रम स्थलमा आउँदा विवाद भएको भन्दै उनले भने, ‘धक्कामुक्का भएको हो  । उता  एउटा महिला आफै लड्नु भएको हो तर युवा सङ्घले कुटेको भनेर हल्ला गरियो  ।’

राष्ट्रिय युवा सङ्घले पूर्व तयारीसहित गरेको कार्यक्रममा बाध पुराउन नआउनु पर्ने भन्दै त्यसबीचमा भएको घटनाप्रति उनले आत्मालोचना गरेका थिए ।

नेताहरू भ्रष्टाचारबाट चोखो नभएको भन्दै आफूले पनि पटक पटक त्यसको विरोध गरिरहेको उनले बताएका थिए ।

‘नेताहरूले भ्रष्टाचार गर्दै गर्दैनन् भन्दिन ।यहीँ धनगढीका होटलहरुमा योजनाको कमिसनमार्फत १०\१० प्रतिशत मागेको कुराको हामीले विरोध जनाएका थियो ’ उनले जेनजी युवाहरूलाई आह्वान गर्दै भने, ‘आउनुहोस् सबै मिलेर भ्रष्टाचार मुक्त देश बनाऊ । ’

जेनजी युवाहरूलाई अरूले बहकाएर आन्दोलनमा उकासेको भन्दै त्यस्ता प्रवृत्तिको सबै विरोध गरिरहने उनको भनाइ थियो । उनले जेनजीको आन्दोलनपछि बनेको सरकार पनि जेनजीको विपक्षमा रहेको तर्क गरे ।

‘कुलमानले आफ्नो कार्यालयमा बोलाएर आन्दोलनमा उक्साइ रहेका थिए । यो सरकार जेनजीको होइन । जेनजी आज काठमाडौँमा लतारिएका छन् ’उनले भने ‘राष्ट्रिय युवा सङ्घ एउटा पुस्ताको विपक्षमा देखिएको जस्तो भएको छ त्यस्तो होइन । हामी पनि  भ्रष्टाचार विरुद्धको अभियानमा छौँ । तर, जेनजीको नाममा हुने आपराधिक गतिविधिहरूको विपक्षमा उभिन्छौँ ।’

सातै प्रदेशमा आयोजना गरिएको युवा जागरण अभियान सफल भएको उनले बताए ।

प्रदेश संयोजक बम शाहीले बुधवारको कार्यक्रमबारे धारणा प्रस्तुत गरेका थिए । .पत्रकार भेटघाटमा प्रदेश इन्चार्ज भरत मल्ल,सहइञ्चार्ज रोहित कुवर लगायतको उपस्थिति रहेको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।