खेलकुद

एनपिएलमा आज दुई खेलः चितवन राइनोज र काठमान्डू गोर्खाज तथा कर्णाली याक्स र विराटनगर किङ्ग्स प्रतिस्पर्धा गर्दै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ । काठमाडौँमा जारी दोस्रो सिरिजको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदैछ । पहिलो खेल चितवन राइनोज र काठमान्डू गोर्खाजबीच बिहान ११ः४५ बजे हुने छ ।

यस्तै, दोस्रो खेल कर्णाली याक्स र विराटनगर किङ्ग्सबीच अपराह्न ४ बजे हुनेछ । काठमाडौँको त्रिवि क्रिकेट मैदानमा खेल भइरहेको छ ।

बिज्ञापन

बिहीबार भएको खेलमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा पराजित भएको छ । जनकपुर बोल्ट्स बिहीबारको खेलमा पोखरा एभेन्जर्ससँग २५ रनले पराजित भएको हो ।

यसअघि जनकपुर काठमान्डू गोर्खाजसँग पाँच विकेट तथा विराटनगर किङ्ग्ससँग नौ विकेटले पराजित भएको थियो ।

बिहीबार नै भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई सात विकेटले पराजित गरेको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।