सुदूरपश्चिम प्रदेश

युवा संघको आक्रमणविरुद्ध धनगढी र लम्कीमा जेन्जी युवाहरूको प्रदर्शन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः  धनगढीमा जेन्जी युवामाथि एमाले भ्रातृ संगठन युवा संघका कार्यकर्ताले गरेको आक्रमणको विरोधमा जेन्जी युवाहरूले धनगढी र लम्कीमा बिहीबार पनि प्रदर्शन गरेका छन्। कुटपिटमा संलग्नलाई तत्काल कारबाही गर्न माग गर्दै उनीहरूले जिल्ला प्रशासन कार्यालय अगाडि प्लेकार्डसहित विरोध प्रदर्शन गरेका हुन्।

बुधबार धनगढीमा एमाले नेता महेश बस्नेत आगमन हुने जानकारी पाएपछि उनको विरोधमा उत्रिएका जेन्जी युवामाथि युवा संघका कार्यकर्ताले कुटपिट गरेको आरोप छ। घटनापछि जेन्जी समूहले सोही दिन जिल्ला प्रशासन कार्यालयमा संलग्न व्यक्तिहरूको पहिचान गरी कारबाही गर्न मागसहित निवेदन दिएका थिए।

बिज्ञापन

प्रदर्शनमा रहेको जेन्जी समूहका युवा विष्णु खड्काका अनुसार, प्रशासनलाई कारबाहीका लागि दबाब कायम राख्न आजको प्रदर्शन गरिएको हो। प्रदर्शनपछि प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई भेटेका युवाहरूले कुटपिटमा संलग्नलाई पक्राउ गर्ने आश्वासन पाएको बताए।

धनगढीमा भएको घटनाको विरोधस्वरूप लम्कीमा पनि बिहीबार दिउँसो जेन्जी युवाहरू सडकमा उत्रिएका थिए। लम्की बजारमा टायर जलाएर गरिएको विरोधमा उनीहरूले कुटपिट गर्ने व्यक्तिहरूलाई तत्काल पक्राउ गर्न माग दोहोर्‍याए।
 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।