नयाँ पुस्ताका नौजवान हाम्रो पार्टीसँग आकर्षित छन्- माधव नेपाल

धनगढीः नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधव कुमार नेपालले जेन्जीहरू आफ्नो पार्टीसँग आकर्षित भएको बताएका छन्।
शुक्रवार धनगढीमा भएको पार्टीको एकता सन्देश भेलामा बोल्दै नेता नेपालले नयाँ पुस्ताका नौजवान धमाधम आफ्नो पार्टीमा आइरहेको बताएका हुन्। ‘जेन्जीहरू हाम्रो पार्टी आएका छन्। नयाँ पुस्ताका नौजवान हाम्रो पार्टीसँग आकर्षित छन्।

हाम्रो राम्रो उद्देश्य छ। हाम्रो दिमागमा देश कसरी बनाउने भन्ने छ,’ उनले भने, ‘विदेशीको पछि लाग्ने होइन। जनतालाई केन्द्रमा राखेर राजनीति गर्ने हो। विवधतालाई सम्मान गर्दै अगाडि बढ्नेमा हाम्रो ध्यान छ। पार्टीले समाजवादमा अगाडि बढ्ने संकल्प लिएको छ।’
सबै नेता उस्तै नभएको भन्दै नेकपाले समाजवाद आत्मसात गर्दै देश विकास गर्न चाहेको नेता नेपालले बताएका छन्। उनले सबै नेता गलत भन्ने भाष्य गलत रहेको बताएका छन्। ‘सबै नेता नराम्रा होइनन्। राम्रा पनि छन्, नराम्रा पनि छन्। कुरा सुन्यो कि पोल्यो। आफ्नै गुणगान सुन्ने पनि छन्। यो देश हामीले बनाउने हो भन्ने पनि छन्,’ उनले भने, ‘
भव्य उपस्थितिले सुपबाट नेकपा पार्टी पहिलो हुन्छ भन्ने सन्देश दिएको नेता नेपालले बताएका छन्। उनले यो देश निर्माण गर्ने अभियानमा अगाडि बढ्न सबैलाई आह्वान गरेका छन्। नेता नेपालले देशमा समस्या खडा भएको बताउँदै त्यसबाट शिक्षा लिएर अगाडि बढ्ने बताएका छन्। उनले प्रचण्ड र आफू प्रधानमन्त्री हुँदा सुदूरपश्चिममा धैरै राम्रा काम भएको चर्चा गरेका छन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
