राष्ट्रिय समाचार

६ लाखसहित पक्राउ परेकी लेखा अधिकृतविरुद्ध सर्वाेच्च पुग्यो अख्तियार 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

६ लाख घुससहित पक्राउ परेकी लेखा अधिकृतलाई बिशेष अदालतले थोरै सजाय गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वाेच्च अदालतमा पुनरावेदन गरेको छ। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरकी लेखा अधिकृत अमृता कोइरालाविरुद्ध अख्तियारले आइतबार सर्वाेच्चमा पुनरावेदन गरेको हो। 

उनलाई अख्तियारले ६ लाख रुपैयाँसहित पक्राउ गरेको थियो । थप एक लाख चार हजार पनि सापटीका रुपमा औषधी सप्लायर्ससँग लिएको खुलेको थियो। सो मागदाबीमा बिशेष अदालतले सफाई दिएपछि अख्तियार सर्वाेच्च गएको छ । उनलाई बिशेषले ६ लाखको बिगोमा भने ६ लाख जरिवाना र डेढ वर्ष कैद सजाय सुनाएको छ। 

बिज्ञापन

त्यस्तै, अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका बागमतीनगर जग्गा एकीकरण आयोजनाका अधिकृत यामकुमार कार्कीविरुद्ध पनि पुनरावेदन गरेको छ। उनको तीन करोड २१ लाख ३२ हजार सम्पत्ति अकुत रहेको दाबीसहित अख्तियारले मुद्दा दायर गरेकोमा बिशेष अदालतले सफाइ दिएपछि अख्तियार सर्वाेच्च पुगेको हो । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।