राजनीति

दुईतिहाइको दम्भले देश बर्बाद भयो, अब चेत खुल्नुपर्छ : प्रचण्ड

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले–कांग्रेसको दुईतिहाइको दम्भले देश बर्बाद भएको टिप्पणी गरेका छन्।  

आइतबार पोखराको चिप्लेढुंगामा आयोजित पार्टीको गण्डकी प्रदेशस्तरीय एकता सन्देश सभामा प्रचण्डले दुईतिहाइको दम्भ गर्नेहरू हेलिकोप्टर चढेर भाग्नुपरेको भन्दै कटाक्ष गरे।

बिज्ञापन

बंगलादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिना देश छाडेर भाग्नुपरेको उदाहरण दिँदै प्रचण्डले अब नेताहरूमा चेत खुल्नुपर्ने बताए। उनले लोकप्रियतावादको भ्रममा नपर्न आग्रह गर्दै त्यसले गन्तव्यमा पुर्याउन नसक्ने प्रस्ट पारे।

फरक प्रसंगमा प्रचण्डले २१ फागुनका लागि तय भएको निर्वाचन हुन्छ कि हुँदैन भनेर द्विविधामा नबस्न नेता कार्यकर्तालाई आग्रह गरे। सरकार निर्वाचन गराउन कस्सिएर लागेको र छिमेकी देशहरूसमेत निर्वाचन होस् भन्ने पक्षमा रहेकाले जसरी पनि निर्वाचन हुने जिकिर गरे।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।