जन्म दिनको पार्टीमा गो*ली चल्यो, चार मा,रिए

क्यालिफोर्नियामा एक बच्चाको जन्मदिनको पार्टीमा भएको सामूहिक गोलीकाण्डमा कम्तीमा चारजनाको मृत्यु भएको छ । राज्यको उत्तरी सहर स्टकटनमा स्थानीय समयअनुसार शनिबार साँझ एक रेस्टुरेन्टमा भएको गोलीकाण्डमा १० जना घाइते भएका छन् ।
स्थानीय प्रहरीले पीडितहरूमा वयस्क र बालबालिका दुवै रहेको बताएको छ । घाइतेहरूको अवस्था पुष्टि भएको छैन । एक संदिग्ध अझै फरार रहेको र प्रहरीले गोलीबारी ‘लक्षित’ भएको हुन सक्ने आशंका गरेको छ । सान जोआक्विन काउन्टी सेरिफको कार्यालयले गोलीबारीबारे थप ‘जानकारी र भिडियो फुटेज दिन सम्बन्धित सबैलाई आह्वान गरेको छ ।

स्थानीय प्रहरी प्रवक्ता हेदर ब्रेन्टले घटनालाई अकल्पनीय भनेर वर्णन गरिन् । उनले अगाडि थपिन्, ‘यो एकदमै सक्रिय र निरन्तर अनुसन्धान हो र जानकारी सीमित छ । प्रारम्भिक संकेतले यो लक्षित घटना हुन सक्छ भन्ने सुझाब दिन्छ, । अनुसन्धानकर्ताहरूले सबै विषयमा अध्ययन गरिरहेका छन् । ’ स्टकटनकी मेयर क्रिस्टिना फुगाजीले गोलीबारीलाई अस्वीकार्य बताइन् ।
क्यालिफोर्नियामा बन्दुकसम्बन्धी नियम पछिल्लो समयमा विवादित बनेको छ । २०२१ मा एक संघीय न्यायाधीशले एके–१५ राइफलजस्ता हतियारमा राज्यको प्रतिबन्धलाई उल्ट्याएका थिए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
