घटना

महाकाली नदीमा बेपत्ता भएका युवकको शव नौ दिनपछि फेला

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कञ्चनपुर। महाकाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका युवकको शव नौ दिनपछि फेला परेको छ । पौडी खेल्ने क्रममा बेपत्ता भएका भीमदत्त नगरपालिका–१२, ओदालीका २१ वर्षीय रोशन दमाईको शव बिहीबार बिहान फेला परेको हो ।

लोक कल्याणकारी विज्ञापन

बिहीबार बिहान ७ः४५ बजेको समयमा दोधारा चाँदनी नगरपालिका–४ का स्थानीय दीपक नाथले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

लोक कल्याणकारी विज्ञापन

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले स्थानीयको खबरपछि घटना स्थलमा पुगेको शवको सनाखत गरिएको बताउनुभयो । उहाँका अनुसार, मृतकका परिवारलाई शव बुझाइएको छ । गत ९ गते दिउँसो साथीहरूसँग महाकाली नदीमा पौडी खेल्न गएका रोशन बेला बेपत्ता भएका थिए । रोशनको खोजिएका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेना लगायतले केही दिन महाकाली नदिनमा खोजी गरेको थियो, तर भेट्टाउन भने सकेन ।

बिज्ञापन

मृतक दमाईको शव घटना स्थलभन्दा तीन किलोमिटर दक्षिण तर्फ मालिका सामुदायिक वन नजिक महाकाली किनारामा फेला परेको प्रनाउ बोहराले बताउनुभयो । 

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन