सुदूरपश्चिम प्रदेश

कैलालीका सीमानाकाबाट नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः भारतसँग सीमा जोडिएका कैलालीका सीमानाकामा चेकजाँचमा कडाई गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले बुधबार एक सूचना जारी गर्दै जिल्लास्थित सीमानाकामा चेकजाँचमा कडाई गरिएको जनाएको हो ।

बिज्ञापन

कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले सीमावर्ती नाकाबाट परिचय नखुलेका शंकास्पद व्यक्ति वा समूह अवैध तरिकाले यस जिल्लामा प्रवेश गर्न सक्ने भएकोले सीमावर्ती क्षेत्रमा सुरक्षा निकायबाट चेकजाँचमा कडाई गरिएको जानकारी दिए। शंकास्पद व्यक्ति वा समूह जिल्लाभित्र प्रवेश गरेको देखिएमा नजिकको सुरक्षा निकायहरुमा जानकारी गरी सहयोग गर्न पनि जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। 

परिचय नखुलेका त्यस्ता अपरिचित व्यक्ति वा समूहलाई आफ्नो घर तथा समुदायमा बसोवास गराउने वा कुनै कामकाजमा लगाउने काम नगर्न/नगराउन सबैमा प्रशासन कार्यालयले एक सुचनामार्फत आग्रह गरेको छ। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।