टीकापुर

मुख्यमन्त्री शाहद्धारा कैलालीका चार आयोजना शिलान्यास

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले चार वटा आयोजनाको सुरुवात गरेका छन्। विहीबार विहान आफ्नो निर्वाचन क्षेत्र लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकामा ती आयोजनाको सुरुवात गरेका हुन्। 

आर्थिक वर्ष २०८१/८२ का बजेट विनियोजन गरी ठेक्का लागेका तर काम सुरु नभएका आयोजनाको मुख्यमन्त्री शाहले शिलान्यास गरेका हुन्। टीकापुर–जानकी–लम्कीचुहा गरी तीन पालिका जोडने टीकापुर–डुडेझारी सडक निर्माणका लागि छ करोड नौ लाख २१ हजार रुपियाँमा केएएस–अपी–श्रीपुर जेभीले ठेक्का पाएको छ । उक्त बजेटमा नालीसहित साढे तीन किलोमिटर सडक कालोपत्रे हुँदैछ। निर्माण अवधी २०८३ पुस २४ गतेसम्म रहेको छ । 

बिज्ञापन

टीकापुर डुडेझारी सडकको आयोजना शिलान्यास गर्दै  मुख्यमन्त्री शाहले अग्रज नेताहरुले काम सुरु गरेका सडकहरु निर्माणमा चासो दिन स्थानीय तहका जनप्रतिनिधि र जनतालाई आग्रह गरे। साथै उनले सम्झौता अवधीमै काम पूरा गर्न निर्माण कम्पनीहरुलाई निर्देशन दिएका छन्। जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले दुई वा दुई भन्दा बढी पालिका जोडने सडक प्रदेश सरकारको जिम्मेवारीमा भएकाले बाटो बनेमा धुलो र हिलोबाट मुक्ति पाइने बताए। 

मुख्यमन्त्री शाहले पूर्वपश्चिम राजमार्गबाट रानी जमरा हाइड्रो–जगतपुर हुँदै टीकापुर जोडने केशरमार्गको सुरुवात गरेका छन्। यस्तै लम्कीचुहा नगरपालिका देखि मोहन्याल गाउँपालिकाको पर्यटकीय क्षेत्र राजकाँडासम्म दुई किलोमिटर ६०० मिटर सडक कालोपत्रे योजनाको शिलान्यास गरेका छन्। चार करोड ५६ लाख ९३ हजार ४४१ रुपियाँको लागतमा बन्ने उक्त सडक २०८३ पुस २५ सम्म सक्ने गरी एसी–एनएनएस– एचबी जेभी सुर्खेतले ठेक्का पाएको छ । 

मुख्यमन्त्री शाहले जानकी गाउँपालिकाको सिमाना अमौरा थापापुर चौरी चाकावाणी हुँदै सेती राजमार्ग जोडने लम्कीचुहा रिङरोडको पनि शिलान्यास गरेका छन्। २ किलोमिटर ७०० मिटर नालीसहितको सडक कालोपत्रे गर्न चार करोड ३६ लाख ६४ हजार ५३० रुपियाँमा  तुलसी–निराजन जेभी टीकापुरले ठेक्का पाएको छ । उक्त सडक २०८३ असार २५ गतेसम्म पूरा गर्ने सम्झौता छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।