सुदूरपश्चिम प्रदेश

कैलालीको मसुरियामा लागुऔषधसहित एक युवक पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–८ बढैपुर बजार क्षेत्रमा लागुऔषध बिक्री वितरण भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले एक युवकलाई हिरोइनसहित पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय मसुरिया, कैलालीका प्रमुख गोपाल कार्कीको कमाण्डमा ७ जनाको टोली तथा लागुऔषध नियन्त्रण ब्युरो शाखा धनगढीका प्रमुख मदन उपाध्यायको नेतृत्वमा गएको संयुक्‍त टोलीले बुधबार राति २९ वर्षीय मनोज बस्नेतलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मालखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक रण बहादुर चन्दले जानकारी दिनुभयो । 

बिज्ञापन

चेकजाँचका क्रममा बस्नेतको साथबाट खैरो हिरोइन जस्तो देखिने लागुऔषध दुईवटा साना पोकामा भेटिएको प्रहरीले जनाएको छ। साथै उनले प्रयोग गर्दै आएको स्कुटर र मोबाइल फोन समेत बरामद गरिएको छ।

पक्राउपछि बस्नेतको घरमा गरिएको खानतलासीमा पनि थप लागुऔषध, कारोबार गरेको शंका गरिएको नगद रकम तथा लागुऔषध तौल्ने तराजु फेला परेको प्रहरीले जानकारी दिएको छ। 

बरामद सामग्री तथा पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय मसुरिया, कैलालीमा राखिएको छ। घटना स्थल प्रहरी कार्यालयबाट करिब २ किलोमिटर पश्चिमतर्फ रहेको छ । 

प्रहरीका अनुसार बरामद सामग्रीहरू यसप्रकार छन्–

खैरो हिरोइन जस्तो देखिने लागुऔषध १९ ग्राम,नगद रु. ५,८९५ तथा भारतीय रुपैयाँ ६०,तौल मापन गर्ने तराजु १ थान,बस्नेतले प्रयोग गरेको स्कुटर (भे.४प २३७५) १ थान,एन्ड्रोइड मोबाइल ३ थान, प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।