अनौठो

१९ वर्षीय युवकको मोटरसाइकल चेकजाँच गर्दा झस्कियो प्रहरी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कटारी । उदयपुरको कटारीबाट मंगलबार लागूऔषधसहित एक जना पक्राउ परेका छन्। 

इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले कटारी नगरपालिका ४ कटारी बजारस्थित सुनकोशी पेट्रोल पम्पबाट मरुवातर्फ जाँदै गरेको कोशी प्रदेश ०५-००२ प २४७३ नं. को मोटरसाइकल चालक सोही वडाका रुस्तम तामाङलाई पक्रेको हो।

बिज्ञापन

१९ वर्षीय तामाङ सवार मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्रतिबन्धित लागूऔषध १ सय १० ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ। उनको साथबाट स्पासपेन नामक लागूऔषध ५३ ट्याब्लेट, ओपो ट्याब ९ ट्याब्लेट र ट्यापेन्टा ४८ ट्याब्लेट फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

बरामद लागूऔषध, मोटरसाइकल र होनोर कम्पनीको १ थान मोबाइलसहित पक्राउ परेका तामाङलाई इप्रका कटारीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।