राजनीति

कैलाली क्षेत्र नम्बर ५ बाट चार जना सिफारिस

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । नेपाली कांग्रेसले कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि चार जनाको नाम सिफारिस गरेको छ । 

सो पार्टीको क्षेत्रीय समितिले केन्द्रीय सदस्य डा. आरजु राणा देउवासहित चार जनाको नाम सिफारिस गरेको हो । क्षेत्रीय समितिका प्रवक्ता प्रदीप पाठकका अनुसार प्रत्यक्षतर्फ उम्मेदवारीका लागि चार जनाको नाम आएको थियो । समितिले चारै जनाको नाम जिल्ला समितिमा सिफारिस गरेको उहाँले जानकारी दिनुभयो । 

बिज्ञापन

निवर्तमान सांसद् डिल्लीराज पन्त, धनगढीका पूर्व नगर प्रमुख नृपबहादुर वड र पूर्व जिल्ला सभापति नरनारायण शाह (मनु) को नाम सिफारिस गरिएको छ । 

समानुपातिकतर्फ उम्मेदवार सिफारिसका लागि जीवन रानाथारु, सुनिता राना, सुशीला मिश्र, जागृति बोगटी, गौरी लामा, टेकबहादुर रैका, नरबहादुर बम, निपा चोखाल, प्रमीला लम्साल, पुष्पा जोशी भट्ट, मनिराम देवलको नाम सिफारिस गरिएको छ । 

यसैगरी, राष्ट्रिय सभाका लागि रिता भण्डारी, रामचन्द्र ओझा र हरिश खड्काको नाम सिफारिस गरिएको छ । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।