राष्ट्रिय समाचार

असइसँग बहुविवाह गरेको अभियोगमा डिएसपी पक्राउ 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कानुन कार्यान्वयन गर्ने निकाय नेपाल प्रहरीका एक सिनियर अधिकृत नै बहुविवाहजस्तो अपराधमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, नवलपुर(पूर्वी नवलपरासी)मा कार्यरत डिएसपी मधु नेपाल पक्राउ परेका हुन्। 

जेठी श्रीमती तारा खनाल नेपालको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनलाई पक्राउ गरी बहुविवाह मुद्दामा कारबाही अघि बढाएको हो। रुपन्देही प्रहरीका अनुसार पक्राउ पुर्जी जारी भएको थाहा पाएपछि डिएसपी नेपाल आफैँ उपस्थित भएका थिए। उनलाई तीन दिन थुनामा राख्न म्याद लिइएको रुपन्देहीका एसपी प्रदीपबहादुर क्षेत्रीले बताए

बिज्ञापन

डिएसपी नेपालले नेपाल प्रहरीमै कार्यरत असइसँग केही वर्षअघि विवाह गरेका थिए। कान्छी श्रीमतीसँग बच्चासमेत भइसकेको खुलेपछि जेठी श्रीमतीले सुरुमा प्रहरी प्रधान कार्यालयमा उजुरी गरेकी थिइन्। पछि जाहेरी दिएकी हुन्। उनकी कान्छी श्रीमतीविरुद्ध पनि जाहेरी परेको छ। 
 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।