१३ वर्षीया बालिकालाई बन्धक बनाइ बलात्कार गरेको आरोपमा एमाले नेता पक्राउ

१३ वर्षीया बालिकालाई बन्धक बनाइ बलात्कार गरेको आरोपमा एमाले नेता पक्राउ परेका छन् ।प्रहरीका अनुसार उनले गएको कात्तिक २२ गते जनकपुरको जानकी चोकस्थित एक होटेलमा बन्धक बनाएर १३ वर्षीया नाबालिगलाई दुई दिनसम्म बलात्कार गरेको भनी परिवारले उजुुरी दिएका थिए ।पक्राउ पर्ने एमाले मधेस प्रदेश कमिटी सदस्य एवं जनकपुर उपमहानगरपालिकाका इन्चार्ज शिवशंकर साह ‘हिरा’ हुन् ।
बालिका बलात्कारपछि फरार भएका साहलाई भारतीय सुरक्षा निकायसँगको समन्वयमा सीतामढीबाट पक्राउ गरेर मंगलबार राति नेपाल ल्याइएको धनुषाका डीएसपी तथा प्रवक्ता गणेशबहादुर बमले नयाँ पत्रिकालाई जानकारी दिए ।

डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
