सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री रावलको घर जलाउने आठ जनाविरुद्ध किटानी जाहेरी
लोक कल्याणकारी विज्ञापन

कैलाली । जेनजी आन्दोलनका क्रममा सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलको घर जलाउने विरुद्ध किटानी जाहेरी परेको छ ।
लोक कल्याणकारी विज्ञापन

गत २४ भदौमा भीमदत्त नगरपालिका–६, ऐठपुरस्थित एमाले पोलिटब्युरो सदस्यसमेत रहेका एमाले सुप संसदीय दलका नेता रावलको घर जलाउने, तोडफोड एवं लुटपाट गर्ने आठ जना विरुद्ध किटानी परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए ।
लोक कल्याणकारी विज्ञापन

‘विभिन्न आठ जनाविरुद्ध किटानी जाहेरी आएको छ । हामीले दर्ता गरेर अनुसन्धान र छानबिन गरिरहेका छौँ ’ प्रवक्ता बोहराले भने, ‘दोषी प्रमाणित भए कानुनी कारबाही हुन्छ ।’
बिज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

