घटना

घरसँगै जलेर चिया श्रमिक महिलाको मृत्यु, पतिको उपचार हुँदै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

इलाम नगरपालिका ६ मा घरसँगै जलेर चिया श्रमिक महिलाको मृत्यु भएको छ । केही दिनअघि घरसँगै जलेकी ३२ वर्षीया सिर्जना राईको विराटनगरमा उपचारक्रममा मृत्यु भएको इलाम ६ का वडाध्यक्ष दुर्गा श्रेष्ठ (मदन)ले जानकारी दिए ।  

मंसिर १८ गते राति घरमा आगलागी हुँदा सिर्जना गम्भीर घाइते भएकी थिइन् । ६० प्रतिशत शरीर जलेकी उनलाई इलाम अस्पतालमा उपचार सम्भव नभएपछि विराटनगर लगिएको थियो । उपचारक्रममा विराटनगरको ग्रिनक्रस अस्पतालमा बुधबार बिहान सिर्जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मी भण्डारीले पुष्टि गरे । आगोले घाइते उनका पति सन्तोषको त्यही अस्पतालमा उपचार भइरहेको छ ।  

बिज्ञापन

सिर्जनाको शव अस्पतालबाट निकाल्न उपचारका लागेको करिब ६ लाख रुपैयाँ जुटाउनुपर्ने भएको छ । ‘अहिलेसम्म करिब २ लाख रुपैयाँ उठाएर पठायौं, अब ४ लाख उठाउन धौ–धौ भएको छ,’ वडाध्यक्ष श्रेष्ठले भने, ‘सकेसम्म सबैलाई आह्वान गरिरहेका छौं । अस्पतालले पनि थोरै छुट चाहिँ दिने भनेको छ ।’ चियाबारीमा श्रमिकका रूपमा रहेका सन्तोष र सिर्जनाका ३ छोराछोरी छन् ।  

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।