राजनीति

जेन–जीलाई साथ लिएर देश बनाउछौँ : रास्वपा सभापति लामिछाने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेन–जीलाई साथ लिएर रास्वपाले देश बनाउने बताएका छन् । अब देश निर्माणको जिम्मेवारी रास्वपाको काँधमा आएको उनको दावी छ । शनिबार चितवनमा आयोजित विशेष सम्बोधन कार्यक्रममा बोल्दै उनले रास्वपा २०८४ को निर्वाचनको तयारीमा केन्द्रित भइरहेका बेला जेन–जी पुस्ताले सरकारमाथि हस्तक्षेप गर्दै सत्ता समीकरण नै हल्लाइदिएको उल्लेख गर्दै त्यसलाई सकारात्मक संकेतका रूपमा लिएको बताए ।

‘हामी चुनाव कुरेर बसेका थियौँ, तर जेन–जीले बीचमै सरकारलाई तागत देखाइदियो,’उनले भने। देशको वर्तमान संरचना जलेको जस्तै अवस्थामा पुगेको उल्लेख गर्दै उनले राज्यले नागरिकका सपना खोसिरहेको टिप्पणी गरे। ‘सिंहदरबार पनि बनाउँला, न्यायालय पनि बनाउँला तर वर्षौँदेखि खोसिएको हाम्रो सपना कसले बनाउँछ ?’ उनले प्रश्न गरे, ‘म भन्छु, हामी बनाउँछौँ। जेन–जीको साथ बोकेर अब देश बनाउन हामी लाग्छौँ,रास्वपा लाग्छ ।’

बिज्ञापन

उनले जेन–जी पुस्ताका युवायुवतीसँगै अब आफू पनि देश निर्माणको यात्रामा थपिएको उल्लेख गर्दै राजनीतिक परिवर्तनको नेतृत्व नयाँ पुस्ताले गर्ने संकेत गरे ।
चितवनमा विशेष सम्बोधनपछि उनी केहीबेरमा काठमाडौं प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।