राजनीति

जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुगांना

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत गर्न भन्दै विभिन्न ३० भन्दा बढी जेनजी समूहको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक तोकेको छ ।

ललितपुरको झम्सिखेलमा बसेको बैठकमा १०० जना भन्दा बढी जेनजी र आन्दोलनमा सहभागी घाइते ,सहिद परिवार सहितको उपस्थिति थियो। बैठकले कार्यकारी समिति बिस्तारको लागि मिरज ढुगांना ,अजय सोडारी र सुनिल सिंहलाई जिम्मेवारी दिएको छ । यसैगरी सल्लाहकार संयोजकमा हरिश भट्ट चयन भएका छन् ।

बिज्ञापन

वर्तमान सरकारले आन्दोलनको भावना अनुरूप काम नगरेको उनीहरूको आरोप छ । जेनजी आन्दोलन विरुद्धमा षडयन्त्र गर्न उद्धत भएकाले भन्दै उनीहरूले वर्तमान सरकार अपदस्थ गर्ने बताएका छन् ।

सर्वपक्षीय सहमति , सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन्संशोधनको निम्ति संयुक्त जेन्जि आन्दोलन समितिले भोलि दिउँसो १ बजे काठमाडौँको डिल्लीबजारस्थित भोजन गृहमा बृहत् पत्रकार सम्मेलन आयोजना समेत गरेको छ। सडकमा रहेका सबै जेनजी घाइते सहिद परिवार समेटेर लैजाने योजनाका साथ संयुक्त आन्दोलनका आगामी कार्यक्रमहरू सार्वजनिक गरिने उनीहरूले बताएका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।