अर्थमन्त्री खनालको घोषणा: अब प्रमुख अतिथि बन्द, खादा–माला र औपचारिक सम्मान स्वीकार नगर्ने

अर्थमन्त्री रामेश्वर खनालले अब कुनै पनि सरकारी वा सार्वजनिक कार्यक्रममा प्रमुख अतिथिका रूपमा नबस्ने स्पष्ट पारेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले औपचारिक सम्मान र देखावटी स्वागत स्वीकार नगर्ने बताएका हुन्।
उनका अनुसार अब कार्यक्रममा खादा, माला, अबिर तथा फूलगुच्छा प्रयोग गरिनेछैन। बाहिर उभिएर स्वागत गर्ने परम्परा अन्त्य गर्नुपर्ने उल्लेख गर्दै उनले विशेष आसन ग्रहण नगरी तोकिएको सामान्य सिटमै बस्ने बताएका छन्। समय मिलेसम्म चुपचाप हलमा प्रवेश गर्ने उनको भनाइ छ।

अर्थमन्त्री खनालले बोल्न अनुरोध गरिएमा पनि पाँच मिनेटभन्दा बढी समय नलिने स्पष्ट पारेका छन्। साथै, ‘मायाको चिनो’ दिने–लिने चलन पनि बन्द गर्नुपर्ने उनको धारणा छ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
प्रमुख अतिथि हुँदैन। खादा, माला, अबिर, फूलगुच्छ हुँदैन। बाहिर उभिएर स्वागत गर्न पाइँदैन। आसन ग्रहण हुँदैन। समय मिले म खुसुक्क हलमा छिर्छु। तोकेको सिटमा बस्छु। बोल्न भनिए ५ मिनेट मात्र बोल्छु। मायाको चिनो लिन्नँ, र दिन पाइन्न। आकस्मिक काम परेर आउन नसके सोही दिन खबर गर्छु।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
