राजनीति

पटकपटक सांसद र केन्द्रीय सदस्य भएकालाई समानुपातिकमा नपार्न एमालेमा दबाब

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेकपा एमालेले फागुन २१ मा निर्धारित प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची तयार पार्दै गर्दा नेता कार्यकर्ताले अहिलेसम्म मौका नपाएका र जनमत आकर्षित गर्न सक्ने व्यक्तिलाई छान्न नेतृत्वसमक्ष सुझाव दिएका छन् ।

पछिल्लो समय अध्यक्ष केपी शर्मा ओलीलाई भेटेरै नेताहरुले सुझाव दिएका छन् भने भेट्न नपाउनेले सामाजिक संजाल र आफ्नो कमिटीमार्फत दबाब बढाएका छन् । केन्द्रीय सदस्यमा समेटिन नसकेका सक्षम,योग्य र जनाधार भएका तथा अहिलेसम्म मौका नपाएकालाई प्राथमिकतामा राख्न समेत सुझाव आएको एमालेले जनाएको छ ।

बिज्ञापन

संगठन विभाग प्रमुख भएकै बेला पार्टीको कार्यकारी भूमिकाबाट विदा भएका नेता काशीनाथ अधिकारीले एकपटक मनोनित सांसद भइसकेकालाई फेरि समानुपातिकमा नपार्न आग्रह गरेका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।