घटना

निस्सासिएर एक जनाको मृ,त्यु, दुई बेहोस

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीमा कोठामा निस्सासिएर एक जनाको मृत्यु भएको । निस्सासिएर अन्य दुई जना बेहोस अवस्थामा भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकृत प्रहरी निरीक्षक श्यामप्रकाश यादवका अनुसार भेरीगङ्गा नगरपालिका–२ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीस्थित मानबहादुर चन्दको घरमा बस्ने ३२ वर्षीय तारा बुढाको ३८ दिनको छोरी प्रतीक्षाको निस्सासिएर आज मृत्यु भएको हो । कोठामा कोइला बाली सुतेको अवस्थामा निस्सासिएर बालिकाको मृत्यु भएको हो ।  

बिज्ञापन

प्रहरी निरीक्षक यादवका अनुसार आमा तारा र उनकी भदैनी १३ वर्षीया सङ्गम बुढाको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।