मनोरञ्न

प्रदीप खड्का अभिनित चलचित्र ‘एक्लो–१’ देशभर प्रदर्शनमा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । प्रदीप खड्का अभिनित नेपाली चलचित्र ‘एक्लो–१’ देशभर एकसाथ प्रदर्शनमा आएको छ। प्रदर्शनमा आएको यो चलचित्रले एक्सन, ड्रामा र भावनात्मक तत्वको सन्तुलित संयोजनमार्फत दर्शकलाई अविस्मरणीय अनुभव दिने निर्माण पक्षको दाबी छ।

नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा फरक ढङ्गले प्रस्तुत गर्ने उद्देश्यसहित निर्माण गरिएको ‘एक्लो–१’ ले कथा, प्रस्तुति तथा प्राविधिक पक्षमा नयाँपन ल्याउने निर्माण टिमको अपेक्षा छ। फरक धारको कथावस्तु र सशक्त निर्माणका कारण चलचित्रले मध्यपूर्वसहित अन्तर्राष्ट्रिय बजारका नेपाली दर्शकबाट समेत सकारात्मक प्रतिक्रिया पाउने विश्वास टिमको छ।

बिज्ञापन

प्रदीप शाहीको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘एक्लो–१’ ले डिसेम्बर २८ तारिखका दिन अमेरिकाको न्युयोर्कस्थित विश्वप्रसिद्ध ‘म्युजियम अफ द मुभिङ इमेज’ मा ऐतिहासिक प्रिमियर गरेको थियो।

चलचित्रमा प्रदीप खड्का, विजय लामा, सुनिल थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंहलगायतका कलाकारहरूको अभिनय रहेको छ।

साथै, चलचित्रमा बेलायती अभिनेता जेमी बेकनको समेत महत्वपूर्ण भूमिका छ। एनआरएन समूहको लगानीमा निर्माण भएको यस चलचित्रका कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।