सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेश सभामा रास्वपाले दुई सांसद पायो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः सुदूरपश्चिम प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। नागरिक उन्मुक्ति पार्टीबाट कैलाली निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा २ मा विजयी भएका चौधरी सोमबार रास्वपामा प्रवेश गरेका हुन्। नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्वहरू, थरुहट–थारुवान अभियान्ताहरू र रास्वपाबीच पार्टी भएको समायोजन सभामा चौधरी पनि सहभागी छन्।

२०७९ सालको प्रदेशसभा निर्वाचनमा विजयी भएका चौधरी उद्योग पर्यटन वन तथा वातावरण मन्त्री पनि बनिसकेका छन्। यस्तै, तत्कालीन नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डित पनि रास्वपा प्रवेश गरेका छन्।

बिज्ञापन

सोही पार्टी नेताहरु राजेश अधिकारी, कोमल ज्ञवाली, ठाकुरसिंह थारु, थरुहट नेता लक्ष्मण थारु, तुलसी चौधरी, सुरेन्द्र चौधरी पनि रास्वपामा प्रवेश गरेका छन्। नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले केही समयअघि नेपाली कम्युनिस्ट पार्टीसँग एकता गरेकी थिइन्। पार्टीभित्र कुनै सल्लाह नगरी एकता गरेको भन्दै सुदूरपश्चिमका नेताहरु असन्तुष्ट छन्। सुदूरपश्चिम प्रदेशसभामा मात्रै नाउपाका सात जना सांसद थिए।

नागरिक उन्मुक्तिका चौधरी रास्वपामा प्रवेश गरेसँगै सुदूरपश्चिम प्रदेश सभामा रास्वपाको सांसदको सख्या दुई पुगेको छ। यसअघि डडेल्धुराबाट स्वतन्त्र उम्मेदवार भएर चुनाव जितेका डाक्टर ताराप्रसाद जोशी रास्वपामा आवद्ध भएसँगै पार्टीको पहिलो प्रदेश सांसद बनेका हुन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।