घटना

प्रेमीले गरे आफ्नै प्रेमीकाको ह,त्या

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कर्जन्हा नगरपालिका–१ बल्टियाकी १७ वर्षीया अबिना वैध(दनुवार) काे हत्या उनकै प्रेमी रामबालक चाैधरीले गरेकाे प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ। अबिनाको २२ मंसिरमा हत्या भएको थियो । हत्याको एक महिनापछि मंगलबार प्रहरीले पत्रकार सम्मेलनमार्फत मुख्य अभियुक्त पक्राउ परेको जनाएको हो।

जिल्ला प्रहरी कार्यालय सिराहामा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक अनन्तराम शर्माले अभियुक्तको पहिचान पहिल्यै भए पनि प्रमाण संकलन गर्ने क्रममा ढिलाइ भएको बताए । मुख्य अभियुक्त धनुषा क्षीरेश्वर नगरपालिका–३ का ४५ वर्षीय रामबालक चौधरी रहेको प्रहरी उपरीक्षक शर्माले बताए ।  

बिज्ञापन

कमला सिँचाइ नहरनजिक झाँडीमा २२ मंसिरमा अबिनाको घाँटी थिचेर र अनुहारमा ढुंगाले हानेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अबिनाको हत्याको जानकारीपछि प्रहरी उपरीक्षक शर्मासहितको टोली घटनास्थल पुगेका थिए । कर्जन्हा नगरपालिका–२ अन्तर्गत कमला सिँचाइ नहरबाट करिब १५–२० मिटर उत्तरतर्फ रहेको झाँडीमा अबिनाको शव फेला परेको थियो ।

हत्याको अनुसन्धान गर्न प्रहरीले तालिम प्राप्त कुकुर समेत प्रयोग गरेको थियो । ‘घटनाको गम्भीरता हेरी मधेश प्रदेश प्रहरी कार्यालयबाट डग स्निफिङ टोलीसमेत परिचालन गरिएको थियो,’ प्रहरी उपरीक्षक शर्माले भने,‘घटनास्थल मुचुल्कापश्चात शवलाई पोस्टमार्टम गर्न बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।’

यसकारण गरेका थिए चौधरीले अबिनाको हत्या
प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा रामबालक चौधरीले अबिनालाई २१ मंसिर साँझ भेट्न फोन गरेका थिए । अविना चौधरी बस्दै आएको डेरामा समेत पुगेकी थिइन् । चौधरीको डेराबाट दुवैजना कमला नदीको किनारहुँदै विद्यालय अगाडि रहेको पोखरी नजिकको खाली स्थानमा पुगेको अनुसंधानबाट खुलेको प्रहरी उपरीक्षक शर्माले जनाए ।

अविनाले चौधरीलाई पहिले देखिनै विवाहको प्रस्ताव राख्दै आएकी थिइन् । तर अरु पुरुषहरूसँग पनि अविना फोनमा कुराकानी गर्ने भएकाले चौधरी सशंकित थिए । यही विषयमा दुबैबिच पटक–पटक विवाद समेत भएको प्रहरीले जनाएको छ । उक्त दिन पनि विवाद भएको र यहीक्रममा आवेगमा आएर चौधरीले अविनाको घाँटी थिचेको र नजिकै रहेको ढुंगाले दाहिने गालामा प्रहार गरी बेहोस बनाएको अनुशन्धानबाट खुलेको छ । अविना बेहोस भएपछि नजिकैको झाडीमा लगेर अनुहारमा फेरी ढुंगा प्रहार गरी हत्या गरेको प्रहरी उपरीक्षक शर्माले प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको बताए । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।