करेन्ट लागेर एक जनाको मृ,त्यु
लोक कल्याणकारी विज्ञापन

किमाथाङ्का । सङ्खुवासभाको मकालु गाउँपालिका-५ माङ्सिमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
लोक कल्याणकारी विज्ञापन

मकालु-५ माङ्सिमाको सिमली खोला नजिक बिजुलीको तार चुँडिएर करेन्ट लाग्दा स्थानीय अमरबहादुर राईको मृत्यु भएको हो ।
लोक कल्याणकारी विज्ञापन

भारी बोकेर हिँड्दै गरेको अवस्थामा उनलाई करेन्ट लागेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए ।
बिज्ञापन

राईको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

