सुदूरपश्चिम प्रदेश

नेटवर्कविहीन बाजुराको बानेगाउँ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बाजुरा  । बाजुराको बुढीगङ्गा नगरपालिका–४, बानेगाउँमा टावरले काम नगरेर नेटवर्क राम्रो नहुँदा मोबाइल चलाउन कठिन हुने गरेको छ । खप्तडछेडेदह र बुढीगङ्गा नगरपालिकाका स्थानीयलाई नेटवर्कको सहज हुने गरेर नेपाल टेलिकमले बानेगाउँको डाँडामा टावर निर्माण गरेको भए पनि यहाँका स्थानीयलाई भने त्यो टावरबाट राम्रो नेटवर्क आउन सकेको छैन । 

पहिला यहाँ नजिक टेलिकमको टावर निर्माण नहुँदा यहाँका स्थानीयलाई फोन गर्दा नेटवर्कको समस्या हुने गथ्र्यो । त्यही समस्या समाधान गर्न केही वर्षअघि टेलिकमले बानेगाउँको माथि डाँडामा टावर निर्माण गरेको हो । लामो समयदेखि नेटवर्कको समस्या भोग्दै गरेका यहाँका स्थानीय गाउँमै टावर निर्माण हुँदा राम्रोसँग फोन गर्न पाउने आसमा रहेका थिए । उनीहरूको त्यो आस भने अहिले आसमै सीमित बनेको छ । पहिला यहाँ टावर नहुँदा यहाँका स्थानीयले छिमेकी पालिका त्रिवेणी नगरपालिका–४ को तोलीमा राखेको नेपाल टेलिकमको टावरको भरमा फोनमा कुरा गर्ने गरेका थिए । 

बिज्ञापन

अहिले गाउँमै टावर राखे पनि यहाँका स्थानीयलाई समस्या हुने गरेको छ । गाउँमै राखेको टेलिकमको टावरले नेटवर्कमा समस्या हुन थालेपछि अहिले यहाँका स्थानीय निराश बनेका छन् । गाउँमा टेलिकमको टावर थिएन फोन राम्रोसँग लाग्थ्यो तर अहिले गाउँमा टावर निर्माण भएपछि झन् नेटवर्कमा समस्या हुने गरेको बुढीगङ्गा नगरपालिकाका–४, बानेगाउँकी स्थानीय गोमती कटुवालले बताउनुभयो । उहाँले भन्नुभयो,

“तोलीको टावरले गाउँमा राम्रोसँग फोन लाग्ने गथ्र्यो । अहिले गाउँमा टावर निर्माण गरेपछि फोन लाग्ने ठाउँमा पनि फोन नलाग्ने भयो । यो समस्या गत वर्षदेखि आउन थालेको हो ।” कटुवालले भन्नुभयो, “यहाँको यो समस्याका लागि हामीले टेलिकम शाखा बाजुरालाई धेरै पटक कुरा गरेका थियौँ तर त्यस बारेमा केही सुनुवाइ भएको छैन ।” बानेगाउँवासीलाई फोनको नेटवर्कमा सहज हुने गरेर सबटावर राखेको तर त्यो टावरले नेटवर्कमा थप सहज नगरेको उहाँको भनाइ छ ।

“पहिला त्यहाँ टावरले राम्रोसँग काम गरेको थियो । अहिले केही समस्या आएको हुन सक्छ । त्यसका लागि हामीलाई त्यहाँका स्थानीयले यहाँ टेलिकमको टावरमा समस्या भएको भन्ने विषय बारेमा हामीलाई पत्राचार गर्नु पर्छ,” नेपाल टेलिकम शाखा बाजुराका प्रमुख ईश्वर सिंहले बताउनुभयो ।  

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।