आफ्नै घरको छतबाट खसेर बाजुरामा एक महिलाको मृत्यु
लोक कल्याणकारी विज्ञापन

बाजुरा । बडीमालिका नगरपालिकामा एक जनाको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार सोही नगरपालिका–९ गैरीबजार बस्ने ७२ वर्षीया कमला लुहारको मृत्यु भएको हो ।
बिज्ञापन

शुक्रबार साँझ उनी आफ्नै घरको छतबाट खसेका हुन् । छिमेकीले उद्धार गरी उनलाई जिल्ला अस्पताल पुर्याएका थिए । चिकित्सकले उनलाई मृत्यु घोषणा गरेका थिए । शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
