राष्ट्रिय निर्वाचन

झापामा मतदान सुरुः सात लाख १३ हजार बढी मतदाता सहभागी हुने अपेक्षा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ । झापामा उत्साहका साथ मतदान सुरु भएको छ । मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकारी डिल्लीप्रसाद प्रसाईंले निर्धारित समयमा मतदान सुरु भएको बताए ।

झापाका पाँच वटा निर्वाचन क्षेत्रबाट ९० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचनमा जिल्लाका सात लाख १३ हजार ५ सय ३७ जना मतदाताले मतदान गर्ने अपेक्षा छ ।

बिज्ञापन

जिल्लामा तीन लाख ५८ हजार ३ सय ४६ पुरुष, तीन लाख ५५ हजार ८३ महिला र आठ जना अन्य मतदाता कायम छन् । विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनको तुलनामा ५० हजार २ सय २६ मतदाता र ४९ वटा मतदान केन्द्र थप भएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लामा ८ सय १५ मतदान केन्द्र र २ सय ८५ मतदानस्थल कायम छन् । निर्वाचन सम्पन्न गर्न ८ सय १५ मतदान अधिकृतसहित चार हजार ९ सय ३६ जना कर्मचारी परिचालन भएका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।