राष्ट्रिय निर्वाचन

काठमाडौं–१ मा रास्वपाकी रञ्जु दर्शना विजयी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रञ्जु दर्शना न्यौपाने १५ हजार ४५५ मत प्राप्त गरी विजयी भएकी छन्।

आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापा क्षेत्रीलाई नौ हजार ९१ मतान्तरले पछि पार्दै ३० वर्षीया न्यौपाने निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले जानकारी दिए।

बिज्ञापन

कांग्रेसका थापा क्षेत्रीले छ हजार ३६४ मत प्राप्त गरे। सो क्षेत्रमा २९ हजार ७७४ मत खसेकामा २९ हजार ८२ सदर र ६९२ मत बदर भएको थियो।  

वैकल्पिक राजनीतिक धारको नेतृत्व गर्दै राजनीतिमा सक्रिय भएकी नेत्री न्यौपाने निर्वाचन अघि विवेकशील साझा पार्टीबाट रास्वपामा प्रवेश गरेकी थिइन‍्।

यसअघि २०७४ मा उनी २१ वर्षको उमेरमै काठमाडौं महानगरपालिकाको प्रमुखको प्रत्यासी थिइन्। उनी विवेकशील साझा पार्टीकी पूर्वमहासचिवसमेत थिइन्। उनले राजनीतिशास्त्र र परामर्श मनोविज्ञानमा स्नातकोत्तर गरेकी छन्।  

महिला हिंसाविरुद्ध स्पष्ट र सशक्त आवाज उठाउँदै आएकी न्यौपानेले थेम्स कलेजमा अध्यापक र निकोलसन इन्टरनेसनल कलेजमा अतिथि प्राध्यापकको भूमिकासहित सामाजिक शिक्षा विषय विशेषज्ञका रूपमा अनुभव बटुलेकी छन्।

सूचनाको हक, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको पक्षधर उनी सामाजिक अभिन्ताका रूपमा परिचित छिन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।