कृषि

कुखुरामा नयाँ भाइरस संक्रमण

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

३ चैत्र २०८२, मङ्गलवार ०४:४०
130
Shares
Read Time = 4 mins
सिफारिस

चैत ५ गतेदेखि फ्लोरा एक्स्पो
प्रिन्ट संस्करण
अर्थ ताजा समाचार
अर्थ/कर्पोरेट
A A- A+
काठमाडौं । नेपालमा पोल्ट्री क्षेत्रमा ‘लो फ्याथोजेनिक एभियन इन्फ्लुएन्जा’को संक्रमण देखिएको छ । पशु सेवा विभागले एक सूचना जारी गर्दै नेपालका विभिन्न ठाउँका पोल्ट्री फार्मका कुखुरामा उक्त संक्रमण पुष्टि भएको जानकारी गराउँदै सावधानी अपनाउन आग्रह गरेको छ ।

बिज्ञापन

विशेष गरी संक्रमित कुखुरा तथा पशुपन्छीसँग प्रत्यक्ष सम्पर्क, संक्रमित पन्छी तथा पन्छीजन्य पदार्थको ओसारपसार, दाना तथा कुखुरा ढुवानी गर्ने सवारी साधनका साथै श्वास-प्रश्वासबाट सजिलै सर्ने विभागले जनाएको छ ।

उक्त रोग विशेष गरी संक्रमित कुखुरा तथा पशुपन्छीसँग प्रत्यक्ष सम्पर्क, संक्रमित पन्छी तथा पन्छीजन्य पदार्थको ओसारपसार, दाना तथा कुखुरा ढुवानी गर्ने सवारी साधनका साथै श्वास-प्रश्वासबाट सजिलै सर्ने विभागले जनाएको छ । विभागले संक्रमण थप फैलिन नदिन आवश्यक सतर्कता अपनाउन पनि भनेको छ । विभागका महानिर्देशक डा. उमेश दाहालद्वारा जारी सूचनामा विभिन्न १३ बुँदे सुझाव दिइएको छ । जसअन्तर्गत फार्ममा अनावश्यक आगन्तुक र सवारी साधन प्रवेश नगराउन, कुखुरा वा दाना ओसारपसार गर्ने सवारी साधन पनि फार्म परिसरभित्र प्रवेश नगराउन, फार्म परिसरभित्र प्रवेश गराइने हरेक सवारी साधनलाई निःसंक्रमण गरेर मात्र फार्ममा प्रवेश गराउन सचेत गराइएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।