टीकापुर

सहायक सीडीओ जोशीको नेतृत्वमा टीकापुरमा ग्यास र पेट्रोलियम पदार्थकाे अनुगमन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुरः टीकापुर बजारका पेट्रोल पम्प र ग्यास डिलरहरूको अनुगमन गरिएको छ । बुधबार जिल्ला अनुगमन समितिले पेट्रोलियमको अवस्था अनुगमन गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको नेतृत्वमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपाल आयल निगम लगायतका कार्यालयका प्रतिनिधिहरूले बजार अनुगमन गरेका हुन् ।

यहाँ सैपाल, मनकामना, रेडियन्ट लगायतका ग्यास कम्पनीहरूले भने आधा सिलिन्डर उपलब्ध गराउन थालेको तर भेरी ग्यासको आपूर्ति न्यून भएको पाइएको छ । ग्यास बिक्रेता न्यू एब्रिला ट्रेडर्सका सञ्चालक गौरीकुमार न्यौपानेले आधा मात्रै भरिएको सिलिन्डर ढुवानी गर्दा ढुवानी लागत बढेको गुनासो गरे। ‘पहिले दैनिक ५० देखि १०० सिलिन्डर ग्यास बिक्री हुने गरेकोमा अहिले दैनिक २३४ सिलिन्डर ग्यास ल्याउँदा पनि टिपाटीप हुने गरेको छ,’ न्यौपानेले भने, ‘भौतारिँदै खोज्न आउने सङ्ख्या घटेको छ, अब विस्तारै सहज होला ।’

बिज्ञापन

भेरी ग्यासको बिक्रेता रोजी ट्रेड सप्लायर्सका सञ्चालक राजेन्द्र चौधरीले एक हप्तादेखि भेरी ग्यासले आपूर्ति नगरेकाले समस्यामा परेको बताउनुभयो । चौधरी भन्छन् ‘अब पठाउँछु भनेको छ भेरी ग्यास आएमा बजारको अभाव केही मात्रामा भएपनि कम हुने छ ।’

कैलालीकी सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले टीकापुरमा पेट्रोल र डिजेलको अभाव नरहेको तर भेरी ग्यासका उपभोक्ताले नपाएको बताईन्। उनले भनिन् ‘ग्यास लगेर उपभोक्ताले घरमा थुपारेका हुन सक्छन, बिक्रेतालाई उपभोक्तालाई ग्यास दिएको बिल जारी गरी रेकर्ड राख्न निर्देशन दिइएको छ ।’ यहाँ डिजल र पेट्रोलको आपूर्ति भने भई रहेको छ ।  

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।