राष्ट्रिय समाचार

अछामकाे एक पालिकाले राजेश हमालकाे नाममा गर्‍यो भ्रष्टाचार

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अछाम राजेश हमालको नाम दुरुपयोग गरेर भ्रष्टाचार भएको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। चलचित्र निर्माण गर्ने भन्दै हमालको तस्वीर प्रयोग गरी अछामको एक स्थानीय तहले १२ लाखभन्दा बढी रकम गैरकानुनी रूपमा भुक्तानी गरेको खुलेको हो।

वृत्तचित्रका नाममा १२ लाख ७७ हजार दुई सय ५० रुपैयाँ भुक्तानी गरिएको अनुसन्धानमा खुलेको छ । अख्तियारले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउद, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह र लेखापाल विमल साउदविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । मुद्दामा आर.जे. ट्वान्टी फोर न्युज एवं नव इन्द्रेणी फाउन्डेसनका अध्यक्ष रामजी लम्साल (रामबहादुर लम्साल) लाई पनि प्रतिवादी बनाइएको छ।

बिज्ञापन

आयोगका अनुसार, राजेश हमालको नाम जोडेर व्यक्तिगत निर्देशनसमेत भई चलचित्र निर्माण गर्ने भन्दै १५ लाख रुपैयाँ बजेट छुट्याइएको थियो भने त्यसमध्ये १२ लाख ७७ हजार दुई सय ५० रुपैयाँ भुक्तानी गरिएको थियो । तर, उक्त कार्यमा सार्वजनिक खरिद ऐन र नियमावलीको गम्भीर उल्लङ्घन गरिएको पाइएको अख्तियारको ठहर छ।

बिना प्रतिस्पर्धा र प्रक्रिया मिचेर सोझै खरिद सम्झौता गरिएको, कानुनी सीमाभन्दा बढी ३५ प्रतिशतसम्म पेस्की दिइएको र बैंक ग्यारेन्टीसमेत नलिई रकम भुक्तानी गरिएको अनुसन्धानमा खुलेको अख्तियार प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।चलचित्र निर्माणका लागि पेस गरिएका बिलहरू नै शङ्कास्पद र नक्कली रहेको तथा काम नै नगरी सरकारी रकम हिनामिना गर्न मिलेमतोमा योजनाबद्ध रूपमा भ्रष्टाचार गरिएको पाइएको अख्तियारको दाबी छ । गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदले आफ्नो पदको दुरुपयोग गर्दै आफू र अन्य प्रतिवादीहरूलाई लाभ पुर्‍याउने बदनियतले उक्त कार्य गरेकाले उनलाई थप सजायको समेत माग दाबी गरिएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।