राष्ट्रिय समाचार

नेपाल टेलिकमको प्रिपेड रोमिङ ६२ देशमा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराइरहेको प्रिपेड रोमिङ सुविधा अब ६२ देशमा प्रयोग गर्न सकिने भएको छ । जसका लागि ती देशका ८९ सेवा प्रदायकसँग नेपाल टेलिकमले सम्झौता गरेको छ । चालु आर्थिक वर्षको साउनपछि लातभिया, स्लोभेनिया, टर्की, ताइवान-आरओसी, घाना, रोमानिया र लाओसका विभिन्न सेवाप्रदायकसँग र पाकिस्तान, बेलारुस र श्रीलंकाका थप सेवाप्रदायकसँग यसका लागि सम्झौता भएको कम्पनीले जनाएको छ ।

नेपाल टेलिकमले पहिलेदेखि नै अन्य विभिन्न देशमा उक्त सुविधा उपलब्ध गराइरहेको छ । अष्ट्रेलिया, अष्ट्रिया, बहराइन, बंगलादेश, बेल्जियम, बेलारुस, बुल्गेरिया, क्यानडा, चीन, क्रोएसिया, साइप्रस, डेनमार्क, इजिप्ट, जर्मनी, घाना, ग्रिस, हङकङ, हंगेरी, आइसल्याण्ड, भारत, इण्डोनेसिया, आयरल्याण्ड, इजरायल, इटाली, जापान, कजाकस्तान, कुवेत, लातभिया, लिच्टेन्सटाइन र लक्जेम्बर्गमा रोमिङ सेवा प्रयोग गर्न सकिन्छ ।

बिज्ञापन

त्यसैगरी मलेसिया, मकाउ, माल्टा, मौरिसस, मेक्सिको, म्यानमार, नेदरल्याण्ड, न्युजिल्याण्ड, नर्वे, ओमान, पाकिस्तान, फिलिपिन्स, पोर्चुगल, कतार, रोमानिया, रसिया, साउदी अरेबिया, सिंगापुर, स्लोभेनिया, दक्षिण कोरिया, श्रीलंका, स्वीडेन, स्वीजरल्याण्ड, ताइवान-आरओसी, थाइल्याण्ड, टर्की, युएई, युके, युएसए, उज्वेकिस्तान, भियतनाम र लाओसमा समेत रोमिङ सेवा प्रयोग गर्न सकिन्छ । रोमिङ सेवाअन्तर्गत भ्वाइस, डाटा र एसएमएस सेवा प्रयोग गर्न सकिन्छ । आगामी दिनमा क्रमशः अन्य देशहरूमा समेत यो सेवा उपलब्ध हुने टेलिकमले जनाएको छ । कम्पनीका अनुसार, नेपाल टेलिकमले विदेशमा जाने वा बस्ने नेपालीहरूलाई लक्षित गरी उपलब्ध गराएका विभिन्न सेवामध्ये रोमिङ सेवा निकै नै उपयोगी छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।