घटना

नेपालगन्जमा जलेको अवस्थामा भेटिएकी युवतीको मृत्यु, ३ आरोपी पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१२ कोरियनपुरमा आगोले जलेको अवस्थामा भेटिएकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको घटनामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले एक जना पुरुष र दुई महिलासहित तीन जनालाई आज पक्राउ गरिएको जानकारी दिए।

बिज्ञापन

पीडित पक्षले पाँच जनाको नाममा किटानी जाहेरी दिए पनि तीन जनालाई पक्राउ गरिएको उनले बताए।

गएराति नेपालगन्ज-१२ कोरियनपुरस्थित भेरी प्राविधिक शिक्षालय नजिकै जलेर घाइते भएको अवस्थामा भेटिएकी युवतीको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको थियो।

सुरुमा पहिचान नखुले पनि अनुसन्धानका क्रममा निज नेपालगन्ज–१२ कोरियनपुरकै २२ वर्षीया सिर्जना बुढा मगर भएको पत्ता लागेको प्रहरी नायब उपरीक्षक पातलीले जानकारी दिए।

पक्राउ परेकाबाहेक अन्य व्यक्तिको संलग्नताबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।