लम्की सडक दुर्घटनामा दुई जनाको मृत्यु
लोक कल्याणकारी विज्ञापन

लम्की । कैलाली जिल्लाको लम्की चुहा नगरपालिका–७ गुलरास्थित पूर्व–पश्चिम राजमार्गमा भएको सडक दुर्घटनामा दुई जनाको ज्यान गएको छ। मृत्यु हुनेमा लम्की चुहा–८ का ३३ वर्षीय गगन राना मगर र सोही ठाउँका २४ वर्षीय पुष्प सुनार रहेका छन्।
लोक कल्याणकारी विज्ञापन

प्रहरीका अनुसार सु.प.प्र.०१००१ज१४२१ नम्बरको हाइसले विपरीत दिशाबाट आइरहेको सु.प.प्र.०१०१३प५१३९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए र उपचारको क्रममा उनीहरूको मृत्यु भएको हो।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

