घटना

अछाममा युवतीलाई करणी गरेको आरोपमा एक जना पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अछामः सुस्तमनस्थितिकी ३० वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा अछाम प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–२ घर भइ अछाममा मिस्त्री काममा संलग्न ५८ वर्षीय राजन फुयाँल शर्मा रहेका छन्। प्रहरीले हुलियाका आधारमा खोजतलास गर्दा सोमबार मंगलसेन नगरपालिका–५ बाट पक्राउ गरिएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अमप्रकाश खनालले जानकारी दिए। 

बिज्ञापन

पीडित युवती गर्भवती रहेको हल्ला गाउँमा चलेपछि गस्तीमा खटिएको प्रहरी टोलीले तत्काल उद्धार गरेर स्वास्थ्य परीक्षण पश्चात सात हप्ताको गर्भ रहेको पुष्टि भएको प्रहरीले जनाएको छ। युवतीलाइ गएको फागुन १६ गते शर्माले करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलिसकेको प्रमुख खनालको भनाइ छ। 

पीडितको आफन्तबाट जाहेरी दरखास्त लिएर घटनाका बारेमा थप अनुसन्धान भइरहेको अछाम प्रहरीले जानकारी दिएको छ। विद्यालयको निर्माणाधीन भवनमा काम गर्न आएका फुयाँल शर्माले जबर्जस्ती करणी गरेको खुल्न आएको अछाम प्रहरीको भनाइ छ।  

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।